नियम १०
खाद्य पदार्थको नमूना
(१) खाद्य पदार्थको नमूना लिंदा खाद्य निरीक्षकले नमूना
लिने ठाउ“मा नै अनुसूची ३ मा तोकिएको अनुपातमा दुई खण्डमा नमूना लिई प्रत्येक
खण्डलाई बेग्ला बेग्लै भाडा“मा राखी आवरणले बेरी लाहाछाप लगाई देहाय बमोजिम
गर्नु पर्नेछ ः–
(क)एउटा भा“डो विष्लेषण परीक्षणको लागि सार्वजनिक विश्लेषक समक्ष
अविलम्ब पठाउने ।
(ख)एउटा भाँडो स्थानीय जिल्ला अधिकारी समक्ष पठाउने ।
(२) उपनियम (१) बमोजिमको भा“डाहरु त्यसभित्र राखिएको खाद्य पदार्थ बाहिर
निष्कन, चुहिन र कुनै बाहिरी पदार्थ भित्र पस्न वा पसाल्न नपाउने गरी बनेको र
सफा हुनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम खाद्य निरीक्षकले नमूनाको लागि खाद्य पदार्थ लिंदा
त्यस्तो खाद्य पदार्थको कुल परिमाणको प्रचलित मूल्य सम्बन्धित खाद्य पदार्थको धनी
वा बिक्रेतालाई तिर्नु पर्नेछ ।
(४) खाद्य पदार्थ राखिएको भा“डो मोडिएको आवरणमा र अनुसूची–२
बमोजिमको सूचनामा खाद्य पदार्थको धनी वा बिक्रेताले सहीछाप गर्र्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम खाद्य पदार्थ राखिएको भा“डो मोडिएको आवरणमा
र अनुसूची–२ बमोजिमको सूचनामा खाद्य पदार्थको धनी वा बिक्रेताले सहीछाप
नगरेमा खाद्य निरीक्षकले विश्लेषणको लागि सार्वजनिक विश्लेषक समक्ष नमूना
पठाउ“दा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रमुख र स्थानीय जिल्ला
अधिकारीलाई सो कुराको जानकारी दिनु पर्नेछ ।